२४ घण्टाको कोरोना तथ्यांकले के संकेत गर्छ ? काठमाडौं उपत्यका उच्च खतराको अवस्थामा - डा. रविन्द्र पाण्डे
पिसिआर टेस्ट – ९२७९
संक्रमित – २५०६
संक्रमण प्रतिशत – २७ %
मृत्यु – १७
उपत्यकामा संक्रमित – १२५७
अर्थात ५०.१ %
सक्रिय संक्रमित – ३८५८४
होम आइसोलेसन – ३१००८
संस्थागत आइसोलेसन वा अस्पतालमा – ७५७६
क्वारेन्टिनमा – २४१०
यो तथ्यांकले देखाउंछ –
– परीक्षण निकै कम भयो ।
– संक्रमण प्रतिशत धेरै भयो ।
– काठमाडौं उपत्याका बिष्फोटक अवस्थामा पुग्यो ।
– मृत्युदर बढ्दैछ ।
– क्वारेन्टिनमा असुविधाको कारण त्यहाँ बस्ने एकदम न्यून भए ।
– संस्थागत आइसोलेसन प्रभावकारी भएनन् ।
– यति सानो संख्या होम आइसोलेसन बाहिर हुँदा पनि अस्पतालमा बेड अपुग छ ।
– ९६ जना आइसीयुमा तथा ६९ जना भेन्टिलेटरमा हुँदा कसरी आइसीयु प्याक भए ?
जब कि सरकारले २६०० आइसीयु र ९०० भेन्टिलेटर छन् भनेको छ ।
तथ्यांकले के सल्लाह दिन्छ ?
– परीक्षण दर जतिसक्यो धेरै बढाउनुपर्छ ।
– संक्रमितलाई प्रभावकारी ठाउँमा निगरानी गरेर आइसोलेसनमा राख्नुपर्छ ।
– सुविधाजनक आइसोलेसन केन्द्र हरेक वडामा निर्माण गर्नुपर्दछ ।
– काठमाडौं उपत्याकामा जनस्वास्थ्यका मापदण्डको अनुगमन तथा निगरानीमा कडाइ गर्नुपर्छ ।
– अस्पतालमा दैनिक बेड अडिट गर्नुपर्छ । खालि भएर पनि बेड लुकाउने अस्पताललाई कारबाही गर्नुपर्छ ।
– ३ वटा ठूला मेडिकल कलेज, ३ वटा ठूला सरकारी अस्पताल र ३ वटा ठूला प्राइभेट अस्पताललाई कोभिड अस्पतालको रुपमा परिणत गर्नुपर्छ । उपत्यका बाहिर पनि संक्रमितको संख्या अनुसार यस्तै ब्यबस्था गर्नु पर्दछ ।
– सेनालाई साधन / स्रोत र स्थान दिएर प्रिफ्याबका अस्थायी अस्पताल बिभिन्न ठाउँमा निर्माण गर्नुपर्छ ।
– हरेक बेडलाई अक्सिजन बेडको रुपमा बिकास गर्नुपर्छ ।
– हरेक अस्पतालमा अक्सिजन प्लान्ट अनिबार्य गर्नुपर्छ ।
– हामी आम नागरिक थप अनुशाशित र सरकार थप जिम्मेवार हुनुपर्छ ।
*डा. रवीन्द्र पाण्डे साहित्यकार, जनस्वास्थ्य बिज्ञ तथा शोधकर्ता हुनुहुन्छ ।