नागरिक पोष्ट News


बैंकमा कोरोनाको त्रासः उपल्ला तहका कर्मचारी ‘वर्कफर्म होममा’, तल्ला तहका कर्मचारीलाई पेलाई

2K

कोरोनाको जोखिम देखाउदै बैंकका उपल्ला तहका कर्मचारीहरु घरबाटै काम गर्ने तर तल्ला तहका कर्मचारीलाई भने महामारीबेला पनि फिल्डमै काम गर्नु पर्दा संक्रमणको जोखिम उच्च रहेको गुनासो बढ्न थालेको छ । पछिल्लो समयमा बैंक कोरोना संक्रमणको हटस्पट बनेको छ । काठमाडौं उपत्यका सहित देशभरका बैंकहरुमा कोरोना संक्रमतिहरुको संख्या बढ्दो छ ।

काठमाडौं उपत्यकाकै बैंकका कतिपय शाखाहरु कोरोना संक्रमण देखिएपछि बन्द गरिएका छन् । संक्रमणको त्रास बढेपछि बैंकका सिईओ, डेपुटी सिईओहरु वर्क फर्म होम भन्दै बैंक आउनै छोडेका छन् । तर बैंकको काउन्टर, कस्टमर सर्भिस र फिल्डमा हिड्ने बस्ने कर्मचारीहरु धेरै जोखिममा छन् । यो अवस्थामा नियामक निकाय नेपाल राष्ट्र बैंकले बैंकहरुको कामको पनि निरिक्षण गर्नुपर्ने माग उनीहरुको छ।

अनलाईन र डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्न बैंकहरुले जोड दिएपनि बैंकमा ग्राहकको भिड कम नभएको बैंकका एक कर्मचारीले बताए । ‘जोखिम बढ्दो छ । यो बेला उपल्लो तहका कर्मचारीले घरबाटै निर्देशन दिदा कामको बोझ पनि थपिएको छ । त्यसले गर्दा काम गर्न समस्या हुन थालेको छ ।

Must View