कोरोनाको दोस्रो लहर : देशव्यापी लकडाउन लागू हुने भएपछि सहर छाड्ने सवारीको जाम (पेरिस)
2.6K
पेरिस, कोरोना भाइरसको महामारीको दोस्रो लहर देखिएपछि देशव्यापी लकडाउन घोषणा भएको फ्रान्सका सडकमा सवारी साधनको व्यापक चाप देखिएको छ ।
दोस्रो चरणको देशव्यापी लकडाउन सुरु हुन केही घण्टा बाँकी रहँदा सडक भरिभराउ भएका हुन् । फ्रान्सेली सञ्चारमाध्यमले बिहीवार साँझ सात सय किलोमिटरसम्म कारहरूको जाम देखिएको जनाएका छन् ।
कोरोना भाइरसको दोस्रो महामारी नियन्त्रणका लागि आज मध्यरातबाट फ्रान्समा प्रतिबन्धात्मक व्यवस्थाहरू लागू गरिएको छ ।
सर्वसाधारणहरूलाई अत्यावश्यकीय काम र उपचारका लागि मात्रै घरबाट बाहिर निस्किन आग्रह गरिएको छ ।