नागरिक पोष्ट News


भारतको देहरादुनस्थित एक आश्रममा ५१ नेपाली विद्यार्थी कुटिए

2.1K

काठमाडौं । भारतको देहरादुनस्थित एक आश्रममा अध्ययनरत नेपाली विद्यार्थी निर्घात कुटिएको अभिभावकहरूले बताएका छन् ।

देहरादुनको भगवान्तपुर, पुरकोल रोडस्थित शाक्य एकेडमीमा अध्ययनरत ५१ जना विद्यार्थी १० कात्तिकमा कुटिएको उनका अभिभावकहरूले अनलाइनखबरलाई जानकारी दिए । कुटिएकामध्ये ४२ जनालाई चोट लागेको छ ।

कुटिनेमा सिन्धुपाल्चोक, बाग्लुङ, रुकुम, जुम्ला, हुम्ला, रामेछाप लगायत १९ जिल्लाका विद्यार्थी छन् । अभिभावकहरूका अनुसार दसैंका बेला घर आउन खोज्दा विद्यार्थीहरू कुटिएका हुन् ।

राष्ट्रिय मानव अधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारीले विद्यार्थीलाई तत्काल उद्धार गर्न आग्रह गरेकी छन् ।

Must View