नागरिक पोष्ट News


नेपालबाट अझै दुई चार महिना कोरोना भाइरस हट्ने स्थिति देखिन्न

1.3K

दशैं सकिएलगत्तै कोरोना संक्रमित हुनेको दर बढ्नसक्छ भन्ने विज्ञहरुको सुझावको मनन गर्नु आवश्यक छ । एक त जाडो मौसम अर्को दशैंमा सामाजिक दूरी पालना गर्न नसक्दाको परिणाम भयावह हुन सक्ने बताइन्छ ।

पछिल्लो समय नेपालमा दैनिक चार हजारभन्दा माथि कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । निधन हुनेको दर पनि बढिरहेको छ । तर त्यस अनुपातमा निको हुने दर नबढेकाले नेपाल अहिले सबैभन्दा धेरै कोरोना भाइरस प्रभावित देशको सूचीको ३४ नम्बरमा आइपुगेको छ । नेपालमा जाडोयाम सुरु भएको र यही बेला दशैं, तिहार र छठ पर्व पर्ने भएकाले नेपालबाट अझै दुई चार महिना कोरोना भाइरस हट्ने स्थिति देखिन्न ।

Must View