नागरिक पोष्ट News


भैरमटार आनन्द टोल सुधार समितीको शुभारम्भ साथै दशैँ–तिहारको अवसरमा शुभकामना आदान प्रदान(फोटो फिचरसहित)

2.6K

साधना बस्नेत, काठमाडौं , २०७७ कार्तिक ७ गते शुक्रबार कीर्तिपुर नगरपालिका वडा नं ७ मा प्राचिन नाम नयाँ काम भन्दै भैरमटार आनन्द टोल सुधार समितिको आज फुलपातिको पावन अवसर पारेर काठमाण्डौ क्षेत्र नं १० बाट निर्वाचित सभासद तथा पूर्व मन्त्रि राजेन्द्र कुमार के.सी को प्रमुख आतिथ्यतामा भौतिक दूरी कायम गरी संस्थाको शुभारम्भ तथा  विजया दशमी, नेपाल सम्वत, दिपावली तथा छठको उपलक्ष्यमा शुभकामना आदन प्रदान र चियापान कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा वडा अध्यक्ष , वडा जनप्रतिनिधिहरु , ज्येष्ठ नागरीक , टोल बासीहरुको शहभागीता रहेको थियो । कार्यक्रममा कीर्तिपुर नगरपालिका वडा नं ७ का वडा अध्यक्षले टोल सुधार समितिको गठन हुनु निकै राम्रो काम भएको र आफूले आफ्नो तर्फबाट सामाजिक कार्यमा पूर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो ।

संस्थाका अध्यक्ष कृष्ण राज पोखरेले संंस्था एक गैर नाफा मुलक सामाजिक संस्था भएको बताउनु भएको छ । यो संगै संस्थाको नामाकरण बारे रोचक तथ्य रहेको खुलासा गर्नू भयो । “हामी आनन्द टोल सुधार समिति गठन गर्नको निमित्त नगरपालिका गएका थियौं तर नगरपालिकाले यो ठाउँको प्राचिन नाम खोजेर अगाडि राख्नुस अनि मात्र  त्यसको पछाडी अरु नयाँ नाम राख्न पाउनु हुन्छ भन्ने जानकारी पायौं । त्यही अनुरुप पुरानो नाम यहाँका जेष्ठ नागरीकहरु र स्थानिय निकाय संग बुभ्m्दा भैरमटार रहेको भन्ने जानकारी पायौ र त्यही अनुरुप यस संस्थाको नाम भैरमटार आनन्द टोल सुधार समिति रहन गयो ”  अध्यक्षले भन्नु भयो ।

संस्थाले सरसफाई, सडक पोल बत्ती मर्मत तथा नयिाँ हाल्ने काम गरेको अध्यक्षले बताउनु भयो । प्रमुख अतिथि सभासद राजैन्द्र कुमार के.सी ले आफु जन्मे हुर्केको ठाउँमा विकासको लागि यस्ता संस्था स्थापना हुनुले आफु हर्षित भएको बताउनु भयो । साथै समितिलाई पूर्ण रुपमा आफ्नो साथ रहेको विश्वस्त पार्नु हुँदै अबको सभासद कोषको बजेट सडक पिचको लागी भैरमटार टोल सुधार समितिलाई दिने उद्कोष गर्नु भयो । साथै सबैलाई  विजया दशमी, नेपाल सम्वत, दिपावली तथा छठको उपलक्ष्यमा शुभकामना व्यक्त गर्नू भयो ।

 

Must View