नागरिक पोष्ट News


ज्योति लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारण सभा कात्तिक २६ मा हुने

1.7K

काठमाडौं, ३ कात्तिक । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले कात्तिक २६ गते कर्पोरेट कार्यालयमा तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनी सञ्चालक समितिको आइतबार सम्पन्न बैठकले आगामी २६ गते साधारणसभा गर्ने निर्णय गरेको हो ।

कम्पनीले आईपीओ जारी गर्ने विशेष प्रस्ताव सहित अन्य प्रस्तावहरु राखेर कात्तिक २६ गते सभा बोलाएको छ ।

कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा प्रस्ताव भएबमाजिम संशोधन उपर कुनै फेरबदल वा सुझाव भएमा सो सुझाव बमोजिम आवश्यक फेरबदल गर्ने अख्त्यिारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि सभाले पारित गर्ने छ ।

Must View