नागरिक पोष्ट News


कञ्चन गाउँपालिका सम्पुर्ण व्यक्तिगत घटना दर्ता किताबहरू डिजिटाइज हुने

235

कञ्चन गाउँपालिकाले  साविकका गजेडी तथा रूद्रपुर गाविस र गाउँपालिका भइसकेपछी का पनि सम्पुर्ण घटना हरू डिजिटाइज गर्ने भएको छ । डिजिटाइज पछी गाउँपालिकाका सम्पुर्ण व्यक्तिगत विवरण खोज्न सजिलो हुनेछ  साथै कसैको दोहोरो दर्ता तथा व्यक्तिगत घटना वारे अनुचित कार्यका लागि समेत रोक लाग्ने कञ्चन गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत लेख बहादुर वस्नेतले जानकारी गराउनुभयो ।

कञ्चन गाउपालिकामा रहेका जन्म, मृत्यु, विवाह दर्ता, बसाइसराइ दर्ता र सम्वन्ध विच्छेद दर्ता गरी ५ प्रकारका व्यक्तिगत घटना हरू अनलाइन प्रणालि मार्फत दर्ता हुनेछन। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका एम.आइ.एस. टिम लिडर निर्मल शर्माका अनुसार यो एउटा गेम चेन्जर प्रोजेक्ट भएको र यसले स्थानिय पञ्जीकाधिकारि का साथै विभागलाइ पनि फाइदा पुग्नेछ। कञ्चन गाउँपालिकामा पनि यसवाट स्थानिय पञ्जिकाधिकारिहरूका साथै स्थानियहरू पनि आफ्ना व्यक्तिगत विवरणहरू सजिलै प्राप्त गर्नेछन ।

कञ्चन गाउँपालिका व्यक्तिगत घटना लाइ डिजिटाइज गर्ने कार्यका लागि वि एण्ड पि इन्जिनियरिङ्ग शोलुसन्स प्रा.लि. रेसुङ्गा-1 गुल्मी  बीच सम्झौता भई तिन महिनाभित्र कार्य सम्पन्न गर्ने गरि कार्य अधि बढाइने कञ्चन गाउँपालिकाका एम.आइ.एस. अपरेटर सुरेन्द्र पोखरेलले बताउनुभयो । 

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग ले देशभरका सम्पुर्ण स्थानीय निकायहरूमा स्वचलित रूपमा संञ्चालन हुने एम आइ एस प्रणाली लाइ लागु गर्नका लागि प्रत्येक स्थानीय तहमा सेवा इकाइ स्थापना गरी एम.आइ.एस. अपरेटर र फिल्ड सहायक नियुक्त गरि कामकाजमा खटाएको छ ।

Must View