नागरिक पोष्ट News


जसले हज्जारौ संक्रमित बचाए, मृत सयौँको संस्कार गरे, बिडम्वना तर आफ्नो मृत्युपछि लाश उठाउने कोही भएन !

3.2K

काठमाडौ । मानवता रित्तिएका विभिन्न घटना त बाहिर आएका नै हुन् । तर यतिहदसम्म होला भनेर चै कोहीपनि विश्वास गर्न सकिन्न । कोरोना भाइरस (कोभिड –१९) को महामारी दौरानमा पछिल्लो ७ महिनादेखि आफ्नो जीवन नै जोखिममा राखेर अरु मानिसको सहयोगमा एक व्यक्ति जुट्छन् । भारतको दिल्‍ली स्थित सीलमपुर इलाकामा काम गरिरहेका दर्जनौ एम्बुलेन्स ड्राइभरले एकसाथ जागिर छोडे ।

बाँचिएछ भने अरु काम गरौँला । एम्बुलेन्स चलाउँदिन भन्दै सबैले जागिर छोडेपछि अस्पताल देखि संघ–संस्थाका नाममा रहेका एम्बुलेन्स समेत थन्किए । त्यही बेला हज्जारौँ कोरोना संक्रमित बिरामी हुन थाले । यो इलाकामा हाहाकार भयो । हजार भन्दा बढी मानिस त यहाँ नै मृत्यु भयो । यस्तो घडीमा साथ दिन आरिफ खानले हिम्मत गरे । उनले दिनमा नै सयौँ संक्रमितलाई उपचारका लागि अस्पताल पुर्याए ।

आफन्त, इष्टमित्र, बाबु, आमा, छोरा छोरी समेत टाढा भएकालाई साथ सहयोग गरे । अझ भाइरसबाट मृत्यु भएपछि आफन्त, इष्टमित्र, बाबु, आमा, छोरा छोरीले हेर्न समेत आउन नमिलिरहेको बेला आफै ट्रलीबाट लाश एम्बुलेन्समा चढाए । आफै संस्कार गर्ने ठाउँसम्म पुर्याए । त्यहाँ डोजरले ठाउँ बनाउँथ्यो । आरिफ आफैले अन्तिम संस्कार गर्थे । अन्तिम संस्कारको समयमा उनी लाशलाई सल्यूट गर्दथे । त्यो तस्विर बाहिर आउँन थालेपछि भारतभरी कोरोना भाइरसबाट बिदा भएकालाई अन्तिम विदाईमा सल्यूट गर्न थालियो । त्यो सिको नेपालमापनि गरिएको छ ।

तर सबैका लागि दुखको क्षण सबैका लागि वरदान, जीवनदानी, स्वर्गको बाटो देखाउँने उनै आरिफ खानपनि कोरोना भाइरसबाट पोजेटिभ भए । उनको स्वास्थ्य अवस्था झनै जटिल बन्दै गयो । उनलाई हिंदूराव अस्पतालमा भर्ना गरियो । अनेकौँ प्रयास गर्दासम्म उनलाई बचाउन सकिएन । उनको मृत्यु भयो ।

उनी संक्रमित भएर अस्पताल भर्ना भएपछि त्यो इलाकामा एम्बुलेन्स चलाउने व्यक्ति खोज्न निक्कै सकस पर्यो । बाहिरबाट ल्याइएकाले त्यति योगदान दिन सकेनन् । मृत्युपछि उनै आरिफको लाश भने एक दिनसम्मपनि उठेन । अन्तिम संस्कारका लागि सहयोगी र एम्बुलेन्स चालक नै भएनन् । यो खबर आएपछि सरकारले नै तदारुकता देखायो । र एम्बुलेन्स चालक प्रवन्ध गरेर आरिफको अन्तिम संस्कार गरियो ।

आरिफको निधनमा उपराष्ट्रपति एम वेंकैया नायडूले शोक व्यक्त गरेका छन् । उनले लेखेका छन् । आरिफ खान पछिल्लो २५ सालदेखि शहीद भगत सिंह सेवा दलसँग जोडिएका थिए । उनले निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्नका लागि निःशुल्कमा एम्बुलेन्स चलाइरहेका थिए ।

 

- जनबोली न्यूज नेटवर्क

Must View