नुवाकोट लिखुका १२ बर्षिय क्यान्सर पिडित बालकलाई रू ३,५८,५०४ रुपैयाँ सहयोग (भिडियोसहित)
नुवाकोट लिखु गाउँपालिका वडा नं १ निवासी क्यान्सर पिडित १२ बर्षिय राजेश राइलार्इ रु ३ लाख ५८ हजार ५ सय चार रुपैंया सहयोग गरिएको छ । राष्ट्रिय नागरिक बिकास समाजका सल्लाहकार तथा नुवाकोट-जापान समाजका संस्थापक अध्यक्ष श्री उद्बब प्रसाद प्याकुरेलको विशेष पहलमा सो सहयोग संकलन भएको थियो । सहयोग अस्पतालको डा.अञ्जली पण्डित, राष्ट्रिय नागरिक समाजको प्रतिनिधिहरू, सञ्चारकर्मी लगायतको उपस्थितिमा बिरामी बच्चा र उनको परिवारलाई हस्तान्तरण गरिएको हो । जापानमा बसेर सहयोग गर्नु हुने सामाजिक अभियन्ता राजकुमार पण्डित लगायत नेपाली दाजुभाइहरूलाई राष्ट्रिय नागरिक समाजले हार्दिक आभार व्यक्त गरेको छ । बालक राई हाल नेपाल क्यान्सर अस्पताल हरिसिद्धिमा उपचारत छन् । हरिसिद्धिका डाक्टरको सल्लाहमा थप उपचारको लागि भारतको नयाँ दिल्ली जाने तयारीमा छन् । थप उपचारको लागि अझै ८ लाखभन्दा बढी रकम लाग्ने क्यान्सर पीडितका बालकका अभिभावकले बताउदै सहयोग गरिदिनुहुनका लागि समेत अनुरोध गरेका छन् ।
भिडियो