होशियार ! काठमाडौमा डेराका लागि कोठा खोज्दै आउनेहरुले लुटपाट र हत्या समेत गर्नसक्ने
काठमाडौमा अनौठा घटना बढ्न थालेका छन् । कोठा खोज्ने बहानामा आउने युवाहरुले लु टे र हिडेको घटना सेलाउन नपाउँदै भक्तपुरमा जग्गा किन्ने वहानामा पुगेका तीन जनाले एक जनाका ज्यान नै लिएका छन् ।
दुई महिनाअघि दुई युवक कोठा खोज्दै पेप्सीकोलास्थित एउटा घरमा पुगे। पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्ट नजिकै घर भएकी पवित्रा विडारी उप्रेतीको घरमा डेरा खोज्दै पुगेका दुई जनाले उनको सिक्रि लु टे र भा गेका हुन् । भुँईतल्लामा रहेको दुईवटा कोठा मासिक १० हजार तिर्नेगरी डिल भएपछि उनीहरुले सोधे– ‘घरमा को–को बस्छन् ?
घरधनी पवित्राले दोस्रो तल्ला भाडामा दिएको र तेस्रो तल्लामा छोरो बस्ने जानकारी गराएपछि उनीहरुले ‘सुन, पैसा सवै नदिए राम्रो नहुने’ चेतावनी दिए । त्यसपछि उप्रेतीले डराएर १ तोलाको सिक्री फुकालेर दिइन् । सिक्री लिएपछि दुईजोर चप्पल छाडेर लु टे रा स्कुटरमा भा गेको बताइएको छ । ‘घर नै लु टे को’ खबर आएपछि प्रहरी उनको घरमा पुगेको थियो ।
पछिल्लो समय यसरी अपरिचित मानिस कोठा खोज्दै अथवा अन्य कारण देखाउँदै मौका हेरेर लु ट् ने गरेको घटना देखिएको महानगरीय अ प रा ध महाशाखाका एसएसपी दीपक थापाले बताएका छन् । ‘एउटै प्रकृतिका केही घटना देखिएको उनको भनाई छ ।
मंगलवार प्रहरीले सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका २ लेकखर्क घर भएका ३७ वर्षीय शेर्पा भन्ने कामी लामा, चौतारा बतासे नगरपालिका २ का २३ वर्षीय रमेश तामाङ र रामेछाप धोबी गाउँपालिकाका २७ वर्षीय प्रेम तामाङलाई पक्राउ गरेको छ ।
उनीहरुले यसरी नै जग्गा हेर्ने भन्दै असोज २१ गते भक्तपुरको चाँगुनारायण ८ सुडाल पुगेर ६१ वर्षीय चन्द्रबहादुर योञ्जन लामाको ज्यान लिएको खुल्यो। प्रहरीले नियन्त्रणमा लिएका रमेश र प्रेम यसरी नै काठमाडौं उपत्यकाभित्र पैसा लु ट् ने गरेको देखिएको छ।