काेराेना छिटाे पत्ता लगाउने एन्टिजेन टेष्टकाे शुल्क १ हजार, १ घण्टाभित्र रिपोर्ट आउने
1.4K
काठमाडाैं । सरकारले काेराेना छिटाे पत्ता लगाउने एन्टिजेन परीक्षणकाे शुल्क १ हजार ताेकेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले एन्टिजेन परीक्षणकाे अधिकतम शुल्क १ हजार ताेकेकाे जानकारी दिए ।
असाेज १५ गते बसेकाे मन्त्रिस्तरिय बैठकले एन्टिजेन परीक्षणकाे शुल्क १ हजार ताेकेकाे गाैतमकाे भनाइ छ । करिब १ घण्टाभित्रमा नतिजा आउने यस परीक्षण विधिले तत्काल अपरेसन गर्नुपर्ने अवस्थामा निकै सहयाेग पुराउने उनले बताए ।
यसमा प्रयाेग हुने किट एफडिए र इयुए मान्यता प्राप्त किट वा स्वास्थ्य सेवा विभागबाट स्विकृति प्राप्त हुनुपर्ने बताए । यस्तै, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुबाट अनुमति प्राप्त ल्याबले मात्र यसकाे परीक्षण गर्ने पाउने उनकाे भनाइ छ ।