नागरिक पोष्ट News


फ्याक्ट्स रिसर्च एण्ड एनलाइटिक्सद्वारा ‘फ्याक्ट्स अफ नेपाल २०२०’ सार्वजनिक

1.1K

काठमाडौं, २६ असोज । फ्याक्ट्स रिसर्च एण्ड एनलाइटिक्सले नेपालका विभिन्न क्षेत्रहरुको जानकारी र तथ्यांक संकलन गरी तयार पारेको वार्षिक पुस्तक ‘फ्याक्ट अफ नेपाल २०२०’ (FACTS of Nepal: 2020) संस्करण सार्वजनिक गरेको छ । यस २०२० को वार्षिक पुस्तकमा अघिल्लो वर्षको विभिन्न क्षेत्रहरुको तथ्यांक संकलन गरी बनाइएको सूचनागत दृष्यचित्रहरु (इन्फोग्राफिक्स) समावेश गरिएको संस्थाले बताएको छ । यो पुस्तकमा देशको सामाजिक, आर्थिक क्षेत्र लगायतका १० क्षेत्रहरू समेटिएका छन् । यो प्रकाशन यस फ्याक्ट्स वार्षिक पुस्तकको छैटौं संस्करण हो । यस पुस्तकका पछिल्ला संस्करणहरूले देशको कर्पोरेट, सामाजिक, विकासशील र राजनीतिक क्षेत्रहरूमा लोकप्रियता पाउनुका साथै सो पुस्तकहरुलाई तथ्यांक र अन्तर्दृष्टिहरूको प्रस्तुतीकरणको एक विश्वसनीय स्रोतको रूपमा लिने गरिएको छ ।

यो संस्करणको मूल्य नेरू. ५०० राखिएको छ र देशका प्रमुख पुस्तक पसलहरुमा यो पुस्तक उपलब्ध हुनेछ । यसपटक पाठकहरूले यो पुस्तक विभिन्न अनलाइन पोर्टलबाट पनि अर्डर गर्न सक्नेछन् । महामारीका कारण सार्वजनिकीकरणमा केही ढिलाइ भए तापनि परम्परालाई निरन्तरता दिँदै सोमवार यो संस्करणको विमोचन गरिएको हो ।

Must View