नागरिक पोष्ट News


आरएसडिसी लघुवित्तद्वारा लाभांश दिने प्रस्ताव

2.2K

sharethis sharing button

काठमाडौं, २५ असोज । आरएसडिस लघुवित्त वित्तीय संस्था लिमिटेडले १२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । २४ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले ९ प्रतिशत बोनस शेयर र ३.६३ प्रतिशत नगत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारण सभाबाट पारित भएपछि संस्थाका शेयरधनीहरुले प्रस्तावित लाभांश प्राप्त गर्ने छन् ।

हाल संस्थाको चुक्तापूँजी ६७ करोड १५ लाख २२ हजार रुपैयाँ रहेको छ ।

Must View