नागरिक पोष्ट News


कोरोना संक्रमित आइसोलेसनमा नबसे ६ महिना जेल सजाय

1.2K

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवकता डा् जागेश्वर गौतमले कोरोना पोजिटिभ आएका व्यक्तिहरु आइसोलेसनमा नबसे संक्रमण ऐन अनुसार कारबाही गरिने जनाएका छन् । उनले कोरोना संक्रमितहरु आइसोलेशनमा नबसे संक्रामक रोग ऐन अनुसार ६ महिना जेल सजाय हुने चेतावनी दिँदे पोजिटिभ रिपोर्ट आएका व्यक्तिहरुलाई मापदण्ड अनुसार आइसोलेसनमा बस्न अनुरोध गरेका हुन् । 

गौतमले केही व्यक्तिहरु कोरोना पोजिटिभ आएपछि आइसोलेसनमा नबसेको पाइएको भन्दै आइसोलेनामा नबसे कारबाही गर्न  गृह मन्त्रालयलाई पत्राचार गरिसकेको बताए।

‘पिसिआर परीक्षणका लागि नमुना दिएर आफ्नो काममा लाग्ने, कार्यालयको काममा बाहिर जाने गरेको पाइएकोले सबैलाई रिपोर्ट नआएसम्म घरमा क्वारेन्टाइनमामा बस्नुपर्छ। किनभने, यदि रिपोर्ट पोजिटिभ आएमा बीचमा अन्यलाई सर्न सक्छ र नेगेटिभ आए अन्य सावधान अपनाउनुपर्छ,’ प्रवक्ता गौतमले भने।

उनले पोजिटिभ आएका व्यक्तिहरु आइसोलेसनमा नबसेको घरपरिवार, छरछिमेकले समेत अनुगमन गरी खबर गर्नुहुन अनुरोध गरेका छन्। मन्त्रालयले कोरोना संक्रमणको शंका लागेर पिसिआर परीक्षण गर्न दिएका सबै व्यक्ति रिपोर्ट नआएमा घरमा क्वारेन्टाइनमा बस्न अनुरोध गरेको छ।

Must View