असोज महिनामा मात्रै ३४ हजार ६ सय ८० कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित नै २५ हजार पुग्यो
1.9K
कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९४ हजार नाघेको छ भने सक्रिय संक्रमित नै २५ हजार पुगेको छ । असोज यता मात्रै ३४ हजार ६ सय ८० संक्रमित थपिएका छन् भने १ सय ९५ जनाले भाइरसका कारण ज्यान गुमाएका छन् ।
अवस्था भयावह हुन थालेको छ भने सरकारले नै काठमाडौं उपत्यकामा बेड अभाव हुन थालेको स्वीकारेको छ ।
काठमाडौं उपत्यकामा मात्रै २१ दिनमा १९ हजार ३ सयले संक्रमण बढ्नुले अवस्था भयावह देखाइरहेको छ ।
सरकारले अस्पतालमा बेड अभाव हुन थालेको बताउन थालिसकेको छ । यही स्तरमा संक्रमण दर बढिरहे उपत्यकाका अस्पतालले भार थाम्न नसक्ने हुँदा निजी अस्पताललाई समेत समन्वय गर्न आग्रह गरिरहेको छ ।