नागरिक पोष्ट News


सुन ९४ हजार ९०० रुपैयाँमा कारोबार हुँदै

1.2K

काठमाडौं, २० असोज । मंगलबार स्थानीय बजारमा सुनको मूल्य ८०० रुपैयाँ बढेको छ । हिजो प्रतितोला ९४ हजार १०० रुपैयाँमा खरिद विक्री भएको सुन आज ८०० रुपैयाँ मूल्य वृद्धि भई कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९४ हजार ९०० रुपैयाँ तोकिएको छ भने तेजावि सुनको मूल्य ९४ हजार ४०० रुपैयाँ तोकिएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि २० रुपैयाँ वृद्धि भएको छ । हिजो प्रतितोला एक हजार १८० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार २०० रुपैयाँमा खरिद विक्री भइरहेको महासंघले जनाएको छ ।

Must View