न्यूरोडदेखि दरवारमार्गका पसलमा ७०% सम्म छुट
1.8K
काठमाडौं । चाडपर्व नजिकिएसँगै ग्राहक तान्न व्यापारीहरूले आकर्षक छुटको अफर ल्याउन थालेका छन् । उपत्यकाका मुख्य व्यापारिक स्थान असन, न्यूरोड, ईन्द्रचोक, दरवारमार्ग लगायतमा स्थानका व्यापारीले ग्राहक तान्न भारी छुटको अफर ल्याएका हुन् ।
कोरोनाका कारण विगतका वर्षहरूमा जस्तो रौनक र भीडभाड नभए पनि व्यारीहरूले ग्राहकलाई आकर्षित गर्न १० प्रतिशतदेखि ७० प्रतिशतसम्म छुटको अफर ल्याएका छन् । उनीहरूले सामान्यदेखि ब्रान्डेड सामानमा समेत छुट दिएका छन् ।
पसलेहरूले विशेषगरी जुत्ता, रेडिमेड कपडा लगायत फेन्सी सामानमा छुटको अफर ल्याएका छन् । अहिले दरबारमार्ग, न्यूरोड लगायत मुख्य व्यापारिक स्थानमा पसलहरूमा विभिन्न सामानमा ७० प्रतिशतसम्म छुट भन्ने बोर्ड र स्टीकरले पसल सजाएका छन् । साथै व्यापारीहरूले ग्राहक तान्नक ‘बाइ वान गेट वान फ्री’को अफर पनि ल्याएका छन् ।