नागरिक पोष्ट News


नेपाललाई साढे दुई करोड डोज कोरोनाको भ्याक्सिन

2.3K

काठमाण्डौ – नेपाललाई २ करोड ५० लाख कोरोनाविरुद्ध खोप (स्पुत्निक भी)को डोज दिन रुसको स्वतन्त्र सम्पत्ति कोषल तयार भएको छ । ट्रिनिटी फर्मास्युटिकल्समार्फत नेपाललाई सो संख्यामा कोरोनाविरुद्ध खोपको डोज दिने रुसी सञ्चारमाध्यमहरूले दाबी गरेका छन् । ट्रिनिटी फर्मास्युटिकल्स निजी स्वास्थ्य सेवा फर्म र रुसको औषधिको महत्त्वपूर्ण वितरक हो ।

रुसको प्रत्यक्ष लगानी कोषले विश्वभर कोरोनाविरुद्धको खोप वितरण गर्ने जिम्मा पाएको छ । नेपाललाई मात्र होइन भारतलाई पनि १० करोड डोज दिने रुसको तयारी छ ।संसारभर कोरोनाविरुद्धको खोप आउने चर्चा भइरहेका बेला गत ११ अगस्तमा रुसमा स्पुत्निक भी नामको खोप दर्ता गरिएको थियो ।

Must View