काठमाडौमा फेरी लकडाउनको तयारी, संक्रमितको संख्या २२ हजार नाघ्यो
3K
काठमाडौ उपत्यकामा ८ सय १७ जना कोरोनाका बिरामी फेला परे संगै संक्रमितको संख्या २५ हजार नजिक पुगेको छ । सरकारले २५ हजार सकृय संक्रमित भएपछि पुन लकडाउन गर्ने बताएको छ । कोरोना नियन्त्रणका लागि पुन लकडाउन गर्ने मिति नजिकिदै गएको उपत्यकाको संक्रमित संख्याले देखाएको छ ।
सोमवार र मंगलबार काठमाडौ उपत्यकामा एक हजार आठ सय संक्रमित थपिएका हुन् । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या २२ हजार नाघेको छ ।
नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजार भन्दा धेरै भए देशको स्वास्थ्य प्रणालीले थेग्न सक्न नसक्ने भएकाले त्यस्तो अवस्थामा विभिन्न ठाउँमा पुनः लकडाउन गर्नुको विकल्प नहुने निष्कर्षमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पुगेको छ।