काठमाडौं उपत्यकामा सवारीको जोर बिजोरमा फेरि कडाइ
1.5K
काठमाडौं । ट्राफिक प्रहरीले जोर बिजोर प्रणालीलाई थप प्रभावकारी बनाउन चेकजाँचमा कडाइ गरेको छ ।
काठमाडौं, ललितपुर र भक्तपुरभित्र चल्ने सवारी साधनलाई प्रहरी कडाइका साथ चेकजाँच गरिरहेको छ । सवारी जाम बढ्न थालेपछि जोर विजोर प्रणालीलाई प्रभावकारी बनाउन चेकजाँचमा कडाइ गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
नियमाअनुासर जोर बिजोर प्रणालीमा सञ्चालन नहुने सवारीलाई होल्डमा राख्ने गरिएको छ । संक्रमणको जोखिम बढ्दै गएकाले जोर विजोर प्रणाली पूर्णरुपमा पालना गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।
उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले भदौ २५ बाट लागू हुने गरी उपत्यकाभित्र जोर बिजोर प्रणालीअनुसार सवारी सञ्चालन गर्ने निर्णय गरिएको थियो।