नागरिक पोष्ट News


कोरोनाबाट विश्वभर दश लाख बढीको मृत्यु, संक्रमितको संख्या ३ करोड ३४ लाख भन्दा धेरै

1.1K
अमेरिकाको २१ राज्यमा संक्रमण बढ्यो

अमेरिकामा कोरोना संक्रमण दर तीव्र गतिमा फैलिएको छ। जन हपकिन्स युनिभर्सिटीको तथ्यांकका अनुसार अमेरिकाको ५० राज्य मध्ये २१ राज्यमा गत हप्ता कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ।

१९ राज्यमा कोरोना अहिले स्थिर अवस्थामा रहेको छ। १० राज्य यस्ता छन् जहाँ कोरोना संक्रमण दर घट्न थालेको छ। अमेरिकामा अहिलेसम्म ७३ लाख भन्दा धेरै संक्रमित भएका छन् भने दुई लाख भन्दा धेरैको मृत्यु भएको छ।

विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ३ करोड ३४ लाख भन्दा धेरै पुगेको छ। निको हुनेको संख्या २ करोड ४७ लाख ७९ हजार ६५१ भन्दा धेरै छ। कोरोनाबाट मृत्यु हुनेको संख्या दश लाख बढी पुगेको छ।

अमेरिकामा ७३ लाख ३७ हजार ६८९ जना संक्रमित भएका छन् भने २ लाख ९ हजार ६०१ जनाको मृत्यु भएको छ। अमेरिकामा ४५ लाख ९० हजार ४७२ जना निको भएका छन्।

दोस्रो नम्बरमा रहेको भारतमा ६१ लाख ३७ हजार ९४१ जना संक्रमित भएका छन्। भारतमा ९६ हजार २७५ जनाको मृत्यु भएको छ भने ५० लाख ८७ हजार ८१२ जना निको भएका छन्।

तेस्रो नम्बरमा रहेको ब्राजीलमा ४७ लाख ३६ हजार ८१३ जना संक्रमित भएका छन् भने १ लाख ४१ हजार ८७७ जनाको मृत्यु भएको छ। ब्राजीलमा ४० लाख ६० हजार ८८ जना निको भएका छन्।

विश्वको जनसंख्या ७८० करोड भन्दा धेरै छ, विश्वमा प्रत्येक २३४ औं व्यक्ति संक्रमित रहेको पाइएको छ। भारतमा प्रत्येक २२७ औं व्यक्ति कोरोना संक्रमणको चपेटामा छ। चीनले भने कोरोनामाथि नियन्त्रण जमाएको छ।

चीनमा कुल जनसंख्याको १६, ८५९ औं व्यक्ति संक्रमित छ। अमेरिका र ब्राजीलको अवस्था सबैभन्दा नाजुक छ। त्यहाँ प्रत्येक ४५ औं व्यक्ति संक्रमित भइरहेका छन्।

Must View