नागरिक पोष्ट News


एक किलो प्याज ६० रुपैयामा, एक जनाले ३ किलो मात्रै किन्न पाउने

1.9K

खाद्य व्यवस्थाले  विक्री कक्षबाट उपभोक्तालाई प्रतिकेजी ६० रुपैयाँमै प्याज विक्रीवितरण गरिरहेको छ । सरकारले बजार अनुगमनका क्रममा बढी मूल्य लिई विक्री गर्न लागेका प्याजलाई जफत गरी सर्वसाधारणलाई सो कक्षबाट प्याज विक्री गर्न थालेको हो । प्याज किन्नको लागि बिहान साढे १० बजेदेखि दिउँसो साढे ३ बजेसम्म समय तोकिएको छ । १ जनाले ३ किलोसम्म किन्न पाउने खाद्य व्यवस्थाले जानकारी दिएको छ ।

यसअघि बजार अनुगमनका क्रममा १४ हजार ६०० केजी प्याज सरकारले नियन्त्रणमा लिएको थियो। केही दिनअघि उपत्यकामा प्याजको मूल्य १२० रूपैयाँसम्म पुगेको थियो । 

के हो कालिमाटी प्याज काण्ड ! भ्रम र यथार्थ यस्तो छ हेर्नुहोस्

Must View