डेरामा बस्नेहरुलाई पिसिआर रिपोर्ट नल्याउँदा कोठामा बस्न नदिएको गुनासो, घरधनीलाई सरकारको यस्तो निर्देशन
1.9K
काठमाडौं । काठमाडौका घरभेटीहरुले डेरामा बस्नेहरुलाई पिसिआर रिपोर्ट नल्याउँदा सम्म कोठामा बस्न नदिएको गुनासो आएपछि सरकारले पिसिआर रिपोर्टका लागि बाध्य नपार्न आग्रह गरेको छ । सरकारका प्रवक्ता एवम् परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले घरधनी वा प्रतिष्ठानका मालिकहरुले आफ्ना कर्मचारी र भाडामा बस्नेहरुलाई पिसिआर रिपोर्टका लागि बाध्य नपार्न आग्रह गरेका हुन् ।
काठमाडौका घरधनीहरुले पिसिआर रिपोर्ट नदेखाउँदा सम्म कोठामा प्रवेश गर्न नदिएका कारण पिसिआर परिक्षण गराउनेहरुको भिड स्वास्थ्य संस्थामा लाग्ने गरेको छ । ज्ञवालीले स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनको मापदण्डविपरीत कसैलाई पनि पीसीआर परीक्षणका लागि बाध्य नबनाउन आग्रह गरेका हुन्।