नागरिक पोष्ट News


व्यवसाय सुरु भएपनि कारोवार हुन सकेन व्यवसायीको गुनासो

1.3K

काठमाडौं, ११ असोज । कोरोना महामारी रोकथामका लागि ४ महिनासम्म गरिएको लकडाउन र त्यसपछि जारी पटकपटकको निषेधाज्ञा खुलेर काठमाडौंमा पसल व्यवसाय सञ्चालनमा आए पनि कारोबार भने बढ्न सकेको छैन । काठमाडौं उपत्यकाकै प्रमुख व्यापारिक केन्द्र मानिने असन, न्यूरोड, जमल, इन्द्रचोक, महाबौद्ध क्षेत्रमा साविक तुलनामा ९० प्रतिशतसम्म कारोबार घटेको सम्बन्धीत व्यापारीहरूको भनाइ छ । पसल खुले पनि उपभोक्ता नआउँदा दिन कटाउने बाटो मात्र भएको उनीहरूको भनाइ छ । ‘झुक्किएर फाट्टफुट्ट आइहाले भने हो, नत्र व्यापार सुनसान छ,’ काठमाडौँ असनमा साडी पसल सञ्चालन गर्दै आएका प्रमोद रौनियारको भनाइ उद्धृत गर्दै राससले लेखेको छ । विगत दुई हप्तादेखि यहाँका व्यवसाय खुले पनि व्यापारिक कारोबार उकासिन नसकेको व्यवसायी बताउँछन् । त्यस्तै न्यूरोड क्षेत्रमा पनि पसलहरु खोलिएका छन् तर कारोबार भने खासै नभएकने व्यापारीहरु बताउछन् । नेपालीहको महान पर्वहरु घर आगँनमा आउँदै गर्दा गएका वर्षहरुमा जस्तो कारोवार नहुने व्यापारीहरु बताउछन् । कोभिड प्रकोप शुरू भएपछि अधिकांश मासिनले उपत्यका छाडेकाले पनि यसको असर व्यापारमा परेको देखिएको छ । व्यापार व्यवसाय राम्ररी सञ्चालन हुन कोरोना महामारी अन्त्य हुनुपर्ने व्यापारीहरूको बुझाइ छ । लकडाउन तथा निषेधाज्ञा हटेर पसल खोल्ने वातावरण बने पनि वस्तु तथा सेवा विक्री नहुँदा अधिकांश व्यवसायी निराश छन् । लकडाउनकै बेलादेखि व्यापार सुक्दा ठमेल लगायत क्षेत्रका अधिकांश पसल खाली भएका छन् । व्यापार व्यवसाय ठप्प भएकै कारण उपत्यकाका ४० प्रतिशत सटर खाली भएको अनुमान गरिएको छ । महामारीको अवस्था अहिलेकै जस्तो भइरहेको अझै थप पसल व्यवसाय बन्द हुने देखिएको छ ।

Must View