८५ किलोमिटर चल्ने विद्युतीय स्कुटर आउँदै दश मिनेटमा नै फूल चार्ज,
विद्युतीय बस, कार तथा अन्य सवारी साधन निर्माण भइरहेको बेला भारतमा हालसम्मकै राम्रो मानिएको विद्युतीय स्कुटर केही समयभित्रै सार्वजनिक हुने भएको छ ।
विश्व विख्यात अटो निर्माता कम्पनी टेस्लाले समेत आफूलाई विद्युतीय सवारी साधन निर्माता कम्पनीको रुपमा आफूलाई परिचित गराउँदै लगेको छ ।जापानी, यूरोपियन कम्पनीहरुले समेत त्यसलाई रणनीतिक महत्व दिएर अगाडि बढाएका छन् ।नयाँ स्कुटरको नाम दिइएको छ एथर ४५० एक्स ।भारतीय सञ्चार माध्यमहरुका अनुसार उक्त स्कुटर ३ दिन भित्रै सार्वजनिक हुने भएको छ ।एक पटक चार्ज गरेपछि कूल ८५ किलोमिटर दौडने उक्त स्कुटरमा हाइटेक फिचर्स समेत रहेको जनाइएको छ ।कम्पनीका अनुसार ब्याट्री पूर्ण रुपमा चार्ज गर्दा स्कुटरले राम्रो काम गर्ने छ । कम्पनीले व्यापारिक रुपमा उक्त स्कटुर आगामी जनवरीमा सार्वजनिक गर्ने जनाएको छ ।मोबाइल एप मार्फत फोनमा कनेक्ट गरेर स्कुटरको अवस्था समेत थाहा पाउन सकिने बताइएको छ ।कम्पनीले उक्त स्कुटर कलेक्टर एडिसनका लागि २५ सेप्टेम्बरमा सार्वजनिक गर्ने भएको छ । बेलगुरु बेस्ट एथर इनर्जी नामक कम्पनीले निर्माण गरेको स्कुटर कालो, हरियो र सेतो रंगमा आउने भएको छ ।समाचारमा जनाइए अनुसार ४५० एक्सको मूल्य १ लाख ५९ हजार भारतीय रुपैयाँ राखिएको छ भने ४५० एक्स प्लसको मूल्य भने १ लाख ४८ हजार भारु रहेको छ ।
उक्त स्कुटरमा २.९ केडब्ल्यूएच ब्याट्री रहेको छ । त्यसमा ६ किलोवाटको विद्युतीय मोटर रहेको छ । ८ विएचपी पावर रहेको छ ।
कम्पनीका अनुसार ब्याट्री पूर्ण रुपमा चार्ज गर्दा ८५ किलोमिटर चल्ने भएको छ । त्यसमा राइड तथा इको दुई वटा मोड रहेको छ ।
इको मोडमा ८५ किलोमिटर र राइड मोडमा ७५ किलोमिटर चल्ने छ । उक्त स्कुटरको अधिकतम गति ८५ किलोमिटर प्रतिभण्टा रहेको छ । यसले ४० किलोमिटर प्रतिघण्टाको गति भने ३.३ सेकेण्डमा नै लिने छ ।
स्कुटरमा ७ इन्चको टचस्किन स्पिडोमिटर रहेको छ । यो १.३ गिगाहर्ज स्नेपड्रैगन प्रोसेसर, गुगल म्यापको समेत सर्पोट गर्नेछ । मोबाइल एपबाट कनेक्ट गर्न सकिनेछ ।यसमा एन्ड्रोयड बेस्ट युजर इन्टरफेस समेत रहेको छ । त्यसमा डार्क मोड तथा ब्लूटुथ कनेक्टिभिटीको फिचर समेत रहेको छ ।त्यसमा स्कुटर चलाइरहेको समयमा आउने फोन उठाउन वा काट्न समेत सकिने प्रविधि रहेको छ । त्यसमा साथ साथै घरमा चार्ज गर्नका लागि होम चार्जर समेत रहेको छ ।कम्पनी आफैले चार्जर समेत जडान गरिदिनेछ । कूल १० मिनेटमा नै द्रूत चार्ज हुने प्रणाली समेत रहेको छ ।पोर्टेवल चार्जर समेत उपलब्ध हुने भएकाले थप सहज हुने विश्वास लिइएको छ ।त्यसमा फाइन्ड माइ स्कुटर, अटो टर्न अफ इन्डिकेटर, साइड स्ट्याण्ड सेन्सर तथा डिस्क ब्रेक फिचर समेत रहेको छ ।