नागरिक पोष्ट News


२५ हजार बढी सक्रिय संक्रमित भए पुनः लकडाउन गरिने स्वास्थ्य मन्त्रालय

1.8K

काठमाडौं । सरकारले कोरोना संक्रमितको सक्रिय संख्या २५ हजार बढी भएको अवस्थामा पुनः लकडाउन गर्नुपर्ने बताएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २५ हजार भन्दा बढी सक्रिय संक्रमितको संख्या पुगेमा लकडाउन गर्न सिफारिस गर्ने निर्णय गरिएको जनाएको छ ।मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मन्त्रालय अन्तरगतको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार भन्दा बढी संक्रमित भएमा लक डाउन गर्न सिफारिस गरेको हो ।

२५ हजार भन्दा बढी संक्रमित भएमा स्वास्थ्य पूर्वाधारको समस्या हुने भएकाले लक डाउनको सिफारिस गरिएको उनले बताए ।

उनले स्वास्थ्य मापदण्ड पालना हुन नसक्ने खालका सबै सेवा र व्यवसाय कम्तिमा १ महिना नखोल्न सिफारिस गर्ने निर्णय भएको समेत उल्लेख गरे ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ महिला र ६ पुरुषको कोरोनाबाट मृत्यु भएको छ ।झापामा ८६ वर्षिय, सिराहामा ५० वर्षिय र काठमाडौंमा १६ वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको छ । यस्तै ललितपुरमा ७४ वर्षिय, बर्दिमा ६५ र ३९ वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।काठमाडौंमा ६८ वर्षिय महिलाको पनि कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ३६ पुगेको छ ।बुधबार देशभर १ हजार १ सय ७२ जना नयाँ संक्रमित थपिएका छन । कूल ९ हजार ४४९ पीसीआर परीक्षण भएकोमा ४२६ महिला र ७ ४६ पुरुषमा संक्रमण देखिएको हो ।

काठमाडौंमा ४९२, भक्तपुरमा ९५ र ललितपुरमा ५० जनामा संक्रमण देखिएको छ । देशभरी सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ जना रहेको छ ।

Must View