समीट लघुवित्त वित्तीय संस्था लिमिटेड र सजिलो लघुवित्त वित्तीय संस्था लिमिटेडले शुरु गर्यो एकीकृत कारोबार
काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेड र सजिलो लघुवित्त वित्तीय संस्था लिमिटेडले आज असोज ६ गते मंगलबारदेखि एकीकृत कारोबार शुरु गर्ने भएका छन् ।दुवै कम्पनीको असार २१ गते सम्पन्न विशेष साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेका थिए ।यी दुई लघुवित्त वित्तीय संस्थालाई एकीकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ बमोजिम मर्जर प्रक्रिया सम्पन्न गर्न दुवै संस्थालाई भाद्र ७ गते अन्तिम स्वीकृती प्रदान गरेको थियो । त्यस्तै, कम्पनी रजिष्ट्रार कार्यालयले पनि भाद्र २८ गते स्वीकृती प्रदान गरिसकेको छ ।
अब मर्जर पश्चात समीट लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार हुने संस्थाले जानकारी दिएको छ । अब केन्द्रीय कार्यालय गण्डकी प्रदेशको गोरखा नगरपालिका वडा नं १३ मझुवा देउरालीमा रहने संस्थले बताएको छ ।