पाँच दिनसम्म हावाहुरीसहित ठूलो पानी पर्ने सम्भावना, सचेत रहन मौसम विज्ञान विभागको आग्रह
2.2K
काठमाण्डौ । आउँदो पाँच दिन देशका धेरै ठाउँमा हावाहुरीसहित ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले एक विशेष बुलेटन निकाल्दै उत्तर–पूर्व बङ्गालको खाडीमा रहेको न्यून चापीय क्षेत्र उत्तर–पश्चिमतर्फ सर्ने क्रममा रहेको जनाएको छ ।
आज सहित आउँदो पाँच दिनसम्म देशका धेरै ठाउँमा भारी वर्षा हुनुका साथै हावाहुरीको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरिएको छ । अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही केही ठाउँहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसो देशभर सामान्य बदली रही देशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।