नागरिक पोष्ट News


भर्चुअल छलफलमा कृषि अभियन्ता एवं कृषकहरु भन्छन् अबको आवश्यकता प्रागारिक कृषिको

1.7K

५ असोज, काठमाडौं । मनमैजु साँस्कृति समाजको मन्थनमा कृषि अभियन्ता एवं कृषकहरुले तारकेश्वरमा प्रागारिक कृषिको आवश्यकतमा जोड दिएका छन् । कृषि अभियन्ता उद्धव अधिकारीले सरकारको दोधारे नीतिकै कारण प्राङगारिक कृषिले नेपालमा गतिलिन नसकेको बताउनु भएको छ । सरकारले यो वर्ष ११ अर्वको मलकिन्ने त भन्यो तर प्रागारिक या जैविक मलका लागि भने कति पनि छुट्याएको छैन । जवकी केही वर्षभित्र नेपाललाई जैविक प्रणालीमा खेती गर्ने सरकारको सोच छ । अव रासायनिक मल नभई जैविक मलको कारखाना घर गाउँमै खोल्न सरकारले लगानी गर्नुपर्ने बताउनुभयो ।उहाँले कृषिलाई प्रकृति, पर्यावरण, ऊर्जा, शिक्षा र सस्कृतिसँग जाडेर हेरेमा मात्र न्याय हुने बताउँदै गएको साठी वर्षदेखि राज्यले बनाएको नीति र आम कृषकबीचको द्वन्द्वकै कारण अहिलेको परिणाम भोग्नु परेको उल्लेख गर्नुभयो । हामीसँग उर्वर भूमि हुँदा–हुँदै खुर्सानी समेत बाहिरबाट ल्याउनु पर्ने स्थिति आएको छ । अर्कातिर चिन र भारत जस्ता ठूला मुलुकसँग प्रतिष्पर्धा गर्न नसक्ने स्थितिमा हामी भएकाले आफ्नो भूमिको अधिक उपयोग गर्नुपर्ने उहाँको सुझाव थियो । वेदको प्रसङ्ग कोट्याउदै उहाँले कृषिलाई जीवनको आधार मान्नु पर्छ, भन्नुभयो । तर त्यसो हुन नसकेकोले अहिले कृषि न हाँसको चाल न बकुल्लाको तालका रूपमा रहेको बताउनु भयो ।

अधिकारीले तारकेश्वरमा खेती गर्ने ठाउँहरु अझै केही वडाहरुमा भएकाले ति वडाहरुलाई बेलैमा प्रोत्साहित गरि कृषिलाई प्राथमिकतामा राख्नु पर्ने औल्याउनु भयो । उहाँले भन्नुभयो, खेतीमा युवालाई चासो छैन, त्यो हाम्रो शिक्षाले ल्याएको विसङ्गति हो । रासायनिक मल र विषादीहरुको प्रयोगले माटोहरु सिकिस्त भइसकेको अवस्थाले बारीमा गड्यौला, फट्याङ्गा पाइन छोडिसकेको अनुभव सुनाउनु भयो । मन्थनमा अभियन्ता अधिकारीले काँठका गोठ मासेर ग्यारेज र गाई छोडेर कुकुर पाल्नु निकै दुखद भएको यथार्थ पोख्नुभयो ।

मन्थनमा अर्थशास्त्री डा. केशवराज खड्काले प्राङ्गारिक शब्दपनि बहुराष्ट्रिय कम्पनीको अर्को रुप भएको बताउँदै उहाँले अबदेखि सुधारिएको परम्परागत खेती नै भन्नुपर्ने धारणा राख्नुभएको थियो । डा. खडकाले यस्तो प्रविधिबाट उत्पादन भएका वस्तुहरुको परीक्षण र प्रमाणीकरणका लागि आवश्यक ज्ञान र सीप नगरपालिकालाई आवश्यक परे आफू सहयोग गर्न तयार रहेको बताउनुभयो । तारकेश्वर नगरपालिकाकी कृषि शाखाको रिता सिग्देलले नगरले कृषि नीति बनाउन लागेको र सोको लागि ५ लाख रुपैयाँ छ्ट्याइएको जानकारी दिनुभयो ।

प्राङ्गारिक च्याउ उत्पादन कृषक स्वयम्भर खड्काले आफ्नो रगतमै प्राङ्गारिक भएकाले सरकारले गरे पनि नगरे पनि आफू प्राङ्गारिकबाट बाहिर नजाने प्रतिवद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, यदि कोही प्राङ्गारिक खेती गर्न तयार छ भने म प्राविधिक ज्ञान दिन तयार छु । कार्यक्रममा तारकेश्वरका किसानहरु, जनप्रतिनिधि, नगरपालिकाका कृषि विभागका कर्मचारी, राजनैतिक दलका व्यक्तिहरु लगायत संचारकर्मीहरु गरी २८ जना भर्चुअल छलफलमा सहभागी हुनु भएको थियो । धर्मस्थलीका केही किसानहरु समूहमा बसेर समेत छलफलमा सहभागी हुनुभएको थियो ।

कोरोनाले ल्याएको परिवेश र यसपछि बदलिने समयलाई मध्यनजर गर्दै मनमैजु साँस्कृतिक समाजले बहसमुलक मासिक नियमित छलफल ‘मन्थन’ मा तीन महिनादेखि हरेक महिनाको पहिलो शनिवार विकास, संस्कृति र साहित्यमा आधारित बहसहरुको आयोजना गर्दै आएको छ । मन्थन, स्थानीय र राष्ट्रिय विषयहरुमा छलफल गर्न, अन्तरक्रिया गर्दै अनुभव, ज्ञान र सीपहरुको विस्तार र प्रसार गर्ने उद्देश्यले शुरु गरिएको मनमैजु साँस्कृतिक समाजका संचार विभाग प्रमुख श्रीराम फुटुंगेले बताउनुभयो । नगरमा बसोबास गर्ने नागरिक, विज्ञहरु, जनप्रतिनिधि, सामाजिक संघ÷संस्था, अभियानकर्मीहरु तथा विभिन्न सरोकारवालाहरुवीच सम्बन्ध प्रगाढ होस् र आपसी अनुभवहरु एक अर्काप्रति बाँड्ने वातावरण निर्माण भई विकासले गतिलिन सकोस् भनेर मन्थनको नियमित आयोजना गरिएको हो, फुटुंगेले भन्नुभयो ।

समाजका अध्यक्ष धुव्रराज खड्काले सबैको चासो र महत्वको विषय भएकाले यसको उठाउन गरिएको बताउनु भयो । मनमैजु साँस्कृतिक समाज २५ वर्षअघि कला, सँस्कृति एवं साहित्यको उत्थानका लागि स्थापित तारकेश्वरको अग्रणी संस्था हो जसले राष्ट्रव्यापी विभिन्न कार्यक्रमहरु गरि योगदान पु¥याउँदै आएको छ । सामाजिक विकासको क्षेत्र पनि यो संस्थाको एउटा महत्वपूर्ण पाटो हो । मन्थनमा आगामी छलफल स्थानीय तहमा महिलाहरुको सहभागिता, समस्या र चुनौती विषयमा तारकेश्वर नगरपालिकाको उपमेयर भवानी डोटेल धितालले प्रस्तुती गर्नु हुने भएको छ ।

Must View