पहिरोको कारण बिस्थापित भएका नुवाकोट ध्याङफेदीका नागरिकहरुलाई चेन्ज एक्सन नेपालको सहयोग फोटोफिचर सहित
दुप्चेश्वर गाउपालीका वडा नं १ ध्याङफेदी स्थित सिसिपुका पहिरो पिडीतहरुलाई आबश्यक सामाग्री हस्तान्तरण गरिएको छ । शनिबार पहिरोको कारण बिस्थापित भएका १३४ घर परिवारलाई अत्याबश्यक सामाग्री हस्तान्तरण गरिएको गैरसरकारी संस्था चेन्ज एक्सन नेपालकी अध्यक्ष इन्दिरा घलेले जानकारी दिनुभएको छ । सस्थाले १ हजार लिटरको ३ थान ट्याङ्की, सय थान फिल्टर, महिलाहरुका लागि स्यानेटरी प्याड, विद्यार्थीहरुको लागी खेलकुदका सामाग्री माक्स, ह्यान्ड स्यानिटाइजर, ह्यान्डवास थर्मलगन लगाएतका सामाग्री प्रदान गरिएको छ । उक्त सामाग्री लिएर चेन्ज एक्सनको तर्फबाट मानव अधिकारकर्मी इन्दिरा घले र आरोही शर्मिला स्याङ्तान सीसीपु पुग्नु भएको थियोै साथै स्थानिय बिश्नु तमाङले स्थानिय स्तर मा सहयोग गर्नु भयेको थियो्र
गत भाद्र २३ गते लगातारको बर्षा पछि पहिरो खसेर बिस्थापित हुन पुगेका नागरिकहरुलाई भाद्र २९ गते संघिय सांसद हित बहादुर तामाङको बिशेष पहलमा र बिपद ब्याबस्थापन समिती, गाउपालीका लगाएतको सहयोगमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको थियो ।
तस्बिरहरु सौजन्य : शर्मिला स्याङ्तान तामाङ/इन्दिरा घले