यसबर्ष पाँच सय ९४ जनालाई विभूषण, संविधान दिवसमा विभुषण पाउने को को (सूचिसहित)
काठमाडौं, असोज ३ । पाँचौ संविधान दिवसको अवसरमा यसबर्ष पाँच सय ९४ जना मानपदवी र अलङ्कार पदकद्वारा विभूषित हुने भएका छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा विभिन्न क्षेत्रमा सक्रिय ब्यक्तिलाई विभूषित गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ ।
विभूषित हुनेहरुमा डा. सन्दुक रुइटको नाम अगंपंक्तिमा छ । उनलाई सुप्रसिद्ध प्रबल जनसेवा श्री प्रथमद्वारा विभूषित गरिएको छ । सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्की, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त नविन कुमार घिमिरे, प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई प्रसिद्ध प्रबल जनसेवा श्री द्वितीय प्राप्त गरेका छन् ।
सुकीर्तिमय राष्ट्रदीप तृतीय प्राप्त गर्नेहरुमा अख्तियारका आयुक्त डा. गणेशराज जोशी, वनस्पतीविज्ञ डा. तीर्थबहादुर श्रेष्ठ, सरकारका सचिव केदारबहादुर अधिकारी, मुख्य अनुसन्धान अधिकृत गणेश प्रसाद अधिकारी, सशस्त्र प्रहरीका एआजीहरु पुष्पराम केसी, रामशरण पौडेलका अलावा नापीविज्ञ बुद्धिनारायण श्रेष्ठ छन् ।
विभूषित हुने विभिन्न क्षेत्रका व्यक्तिको नामावलीसमेत सार्वजनिक भएको छ ।