नागरिक पोष्ट News


जनकपुर जयनगरसम्म रेल सेवा शुरु, जनकपुर आइपुग्यो नेपाली रेल

1.6K

काठमाडौँ । नेपालमा रेल सञ्चालनका लागि रेल सेट नेपाल आइपुगेको छ । यो सँगै नेपालमा धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेलको अर्को यात्रा शुरु भएको छ । नेपालमा मिति २०७७ साल असोज २ गते  अपराह्न १२ बजे सो रेल नेपाली भूमिमा आइपुगेको हो ।  भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको सो रेलमार्गमा सञ्चालनका लागि दुई सेट डेमो ट्रेन आएको हो । सो रेलमा एक हजार २०० देखि एक हजार ३०० सम्म यात्रु बसेर र उभिएर गरी यात्रा गर्न सक्ने रेल विभागले जनाएको छ ।

यो यात्रुवाहक रेल भएकाले यात्रुको झोला र सामान्य सामान मात्रै राख्न सकिने विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए ।      नेपालमा राणाकालमै विसं १९८४ तिर भारतको रक्सौलदेखि नेपालको अमलेखगञ्ज तथा विसं १९९४ तिर  जयनगरदेखि जनकपुरसम्म रेलसेवा थियो । अहिले कुर्थाबाट जयनगरसम्मको रेलमार्गको निर्माण गत वर्ष नै सकिएको थियो । हाल ३५ किमी लम्बाइमा रेल सञ्चालन हुनेछ । कुर्थादेखि  बिजुलपुरासम्म थप १७ किमी रेलमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ । बिजलपुरासम्म गरी ५२ किमीमा छिट्टै  रेल सञ्चालन हुने विभागले जनाएको छ ।

 

Must View