नागरिक पोष्ट News


रेलको कुरा : जनकपुर- जयनगर रेलसेवा ओलीको सपना, भ्रम र वास्तविकता यस्तो

2.3K

यस्तो लाग्छ यो सामाजिक संजाल 'भ्रम पस्कने' प्लेटफर्म नै बनिसकेको छ। बिगत देखि जनकपुर-जयनगर रेलको बिषयलाई लिएर असाध्यै भ्रमपूर्ण समाचार संप्रेषित भईरहेकोले यसबारे स्पष्ट गर्न आवश्यक ठानेको छु। भारतको जयनगर देखि बाराको अमलेखगञ्ज सम्म चल्ने यो रेलसेवा बि.सं. १९८४ देखि नै सञ्चालित सेवा हो। प्रारम्भमा तात्कालिन बृटिश शासकले नेपाली जंगलको काठ ओसार्ने ध्येयका साथ यो रेल सेवा शुरू गरेको भएपनी पछिल्लो समय पुर्वी-दक्षिणी धनुषा तथा सिरहाका जनसाधारणलाई समेत जनकपुर पुग्ने प्रमुख साधन बनेको थियो। तर,रेल्वेको इन्जिन,डब्बा तथा रेल्वे लिक समेत निकै जिर्ण हुँदैजाँदा रेलसेवा अनियमित हुँदै अन्ततोगत्वा बन्द नै भयो। यो रेलसेवा लाई ब्यवस्थित गर्दै ब्रोडगेज मोडेलमा सञ्चालन गर्ने बिषयमा नेपाल सरकार र भारतिय पक्षबीच आजभन्दा ११ बर्ष अघि नै सम्झौता भएपनी कार्य सम्पन्न गर्न लामो समय लाग्यो। सिमावर्ती भारतिय सहर,नेपाली उपभोक्ताहरूकै कारण चलायमान हुने भएकाले यो रेल सेवा सिमावर्ती नेपालीलाई भन्दा सिमावर्ती भारतिय ब्यापारीको लागि बढी चासोको बिषय रहँदै आएको कुरा समेत बुझ्न आवश्यक छ। अहिले सामाजिक संजालमा यो रेलको बिषयमा मिथ्या र भ्रामक सामग्री पस्केर देश र दुनियाँलाई भ्रमित गर्ने काम भएको देखेर सत्य तथ्य पस्केको हुँ। यो रेलसेवा कतिपय उरन्ठ्याउला छौंडा-छौंडीले भनेजस्तो न त प्रधानमन्त्री ओलीको सपना,न त उनको योजना नै हो। बरू ओलीजीले हिन्दमहासागरमा चलाउने पानीजहाज र पर्वतको कुश्मा स्टेसन बनाउँदै हुईंकिने चुच्चेरेल चाहिँ कहाँसम्म आईपुग्यो त्यो सोधिखोजी गरौ ।

जनकपुर जयनगर रेलसेवालाई ओलीबा को सपना भनेर सारा दुनियाँ हँसाउने काम कृपया बन्द गरियोस् । समृद्धिका लागि हामी सबै एक होऔं भ्रमको खेतीको अन्त्य गरौ ।

(यो जानकारी सामाजिक सञ्जालको लक्ष्मण प्रसाद विडारी को पोष्टबाट साभार गरेका हौ । यो लेखकको व्यक्तिगत टिप्पणी र बिचार हो । ) - सम्पादक

Must View