काठमाडौं उपत्यकामा एकैदिन अहिलेसम्मकै धेरै ७३७ जना कोरोना संक्रमित थपिए
1.3K
काठमाडौं उपत्यकामा मात्र ७३७ जना संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौं जिल्लाका ६५२ छन् भने ललितपुरका ६० र भक्तपुरका २५ जना छन् ।
यस्तै काठमाडौंकी ७१ र ७४ वर्षीया महिलाको पनि मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा १५३९ जनाका कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा १०४९४ नमुना परीक्षण गर्दा ४०४ महिला र ११३५ पुरुषमा संक्रमण पुष्टि भएको हो । यो नेपालमा एकैदिनमा भेटिएको अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित हो ।