को बन्दै छन् त सानिमा लाईफको सिईओ
1.3K
काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स कम्पनीको सिईओमा अगम मुखियालाई नियुक्त गर्ने प्रस्ताव बीमा समितिमा पुगेको छ ।सो कम्पनीको तीन दिनअघि बसेको सञ्चालक समितिले अगम मुखियालाई सिईओमा नियुक्त गर्ने निर्णय गरी आज बीमा समिति समक्ष अनुमोदनको लागि पेश गरेको हो ।
मुखयिा रिलायबल नेपाल लाईफ इन्स्योरेन्सका डेपुटी सिईओ पदमा कार्यरत छन् । यद्यपि रिलायबल नेपाल लाईफ इन्स्योरेन्सबाट मुखियाको राजिनामा स्वीकृत हुन बाँकी छ । मुखिया लामो समय बीमा क्षेत्रमा काम गरेको अनुभवी बीमा प्रशासक हुन् ।