नागरिक पोष्ट News


कोरोनाको संकट टरिसकेको छैन, कोरोनालाई ख्यालख्याल र हल्का नठानौं, सावधानी अपनाउन अपील !

2.2K

काठमाडौं । सरकारले कोरोना भाइरसलाई हल्का ख्याल ख्याल तवरले नलिन आम नाग।िकलाई अपील गरेको छ ।

सरकारले असोज १ बाट लामो दुरीको यातायात, आन्तरिक हवाई उडान र होटल तथा रेष्टुरेन्ट खोल्ने निर्णय गरेको सरकारले निर्णय गरिसकेको छ । यस्तो अबस्थामा कोरोनाको संक्रमणको जाखिम बढ्न सक्ने भन्दै सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालले एकसाथ स्वास्थ्य र आर्थिक संकट सामना गरिरहेकोले सबै नागरिक सचेत भएर कोरोना बिरद्धको लडाईमा ऐक्यबद्ध हुन समेत आव्हान समेत गरे ।

ज्ञवालीले अहिलेसम्म सरकारले जारी गरेको आदेशहरुलाई नागरिकले पालना गरेको र जनताको सहयोगमै कोरोना भाइरसको संकटलाई भयावह हुनबाट सापेक्षित रुपमा टार्न सफल भएको उनले बताए ।

अझै संकट टरिनसकेको परराष्ट्रमन्त्री ज्ञवालीले बताउँदै सचेतना अपनाउनुको विकल्प न।रहेको उल्लेख जानकारी गराएका छन् ।

सामाजिक सञ्जाल र केही तत्वहरुले आम जनतामा कोभिडको संक्रमण केही होइन भन्ने भ्रम पार्न खोजेकोले यसलाई हल्का नठान्न र ख्यालख्यालको रुपमा नलिन समेत आग्रह गरेका छन् ।

Must View