काठमाडौं उपत्यकामा ६७६ संक्रमित थपिए, ८ जनाको मृत्यु
1.6K
काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५१२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ४४०, भक्तपुरका ४३ र ललितपुरका २९ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै उपत्यकाका ८ जनाको मृत्यु भएको छ । काठमाडौंका ६१ वर्षीया महिला, ६२, ७०, ७३, ७७, ८५ वर्षीय पुरुष, ललितपुरका ५५ वर्षीय पुरुष र भक्तपुरका ७३ वर्षीय पुरुषको मृत्यु भएको हो