नागरिक पोष्ट News


अहिले निषेधाज्ञा खुकुलो बनाइएको हो, आदेश पालना नभए काठमाडौमा पुन लकडाउन हुने

2.1K

काठमाडौ । निषेधाज्ञा हटाइएको अवस्थामा सरकारको आदेश विपरित व्यापार सञ्चालन नगर्न जिल्ला प्रशासन कार्यालय काठमाडौं अनुरोध गरेको छ । कोरोनाको जोखिम कायमै रहेकाले आदेश अनुसार नियम पालना गर्न प्रशासनले आग्रह गरेको छ । 

लामो समयको लकडाउन र निषेधाज्ञाका कारण अप्ठेरोमा परेका ब्यवसायी र सर्वसाधारणलाई सहज होस् भनेर प्रशासनले निषेधाज्ञामा परिवर्तन गरी व्यापार गर्ने वातावरण बनाइदिएको बताउँदै आदेश विपरित व्यापार, व्यवसाय सञ्चालन गरे फेरि बाध्य भएर लकडाउन गर्नुपर्ने काठमाडौं प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताएका छन् ।

सरकारले कोरोना फैलन नदिन ब्यवस्थित भएर ब्यवसाय संचालनको निर्देशन दिएको भन्दै पालना गर्न आग्रह गरेका छन् । 

आदेश पालना गरे नगरेको विषयमा बजारमा अनुगमनको साथै रिर्पोटिङ भईरहेको समेत प्र।जि।अ। दाहालले बताए । कुनै व्यापारीले सरकारको आदेश विपरीत काम गरेको भए त्यस्ता व्यापारीलाई कारवाही समेत गरिने उनले बताएका छन् ।

नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड अनिवार्य रुपमा पालना गरी अत्यावश्यक वस्तु वा सेवा मध्ये खाद्यान्न वस्तु, दूधजन्य पदार्थ, फलफूल, तरकारी, माछा, मासु विक्री वितरण गर्ने पसलहरु विहान ११ बजेसम्म र बेलुका ५ बजे देखि ७ बजे सम्म खोल्न सकिनेछ । काठमाडौँ उपत्यका भित्र विकास निर्माणसँग सम्बन्धित सामग्री विक्री वितरण गर्ने पसल तथा व्यवसायका साथै सोको ढुवानीका लागि प्रयोग हुने सवारी साधन दिउँसो २ बजे देखि बेलुका ७ बजे सम्म खोल्न पाइने भएको छ ।

Must View