नागरिक पोष्ट News


कुलमानको कार्यकाल सकियो, प्रधानमन्त्री ओलीले किन कुलमानलाई भेट्न चाहेनन्

1.6K

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको पदावधि सकियो । तर उनलाई सरकारले पुन नियुक्ति दिएन । प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहेकै कारण कुलमान नदोरिएका हुन् । उनले प्रधानमन्त्रीलाई धेरै पटक भेट गर्न समेत चाहेका थिए । तर ओलीले उनलाई भेट गर्ने समय पनि दिएनन् । कार्यकाल नसकिदै पुन नियुक्ति नभएका कारण अब उनी अर्को कार्यकालका लागि नियुक्त हुन नयाँ प्रक्रियामा जानुपर्ने हुन्छ । जसको सम्भावना सकिएको छ ।

घिसिङले प्राधिकरणमा कार्यकारी निर्देशकमा निरन्तरता नपाउनुमा प्रधानमन्त्री केपी शर्मा ओली सहमत नहुनु हो । नेकपा अध्यक्ष प्रचण्ड घिसिङलाई नै निरन्तरता दिनुपर्ने पक्षमा थिए । 

सरकारले कुलमानलाई निरन्तरता नदिने संकेत यसअघि नै गरेको थियो । सामाजिक सञ्जालहरुमा कुलमानलाई नै पुन कार्यकारी निर्देशक बनाउनुपर्ने माग उठको थियो । त्यो मागलाई प्रधानमन्त्री ओलीले प्रयोजित भन्दै टिप्प्णी गरेको बुझिएको छ । उनको पुन नियुक्ति धकेल्नकै लागि गत हप्ता मन्त्रिपरिषदको बैठक नै बसालिएन ।कुलमानको चार वर्षे पदावधि सकिएलगत्तै उनीपछिका व्यक्तिले कामु कार्यकारी निर्देशको जिम्मेवारी पाउने सम्भावना छ । कामुलाई नै निर्देशक बनाउने पक्षमा उर्जा मन्त्री समेत देखिएका थिए । तर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दववाका कारण वर्षमान पुन कुलमानलाई सिफारिस गर्न राजि भएका थिए । तर मन्त्रीपरिषद बैठक नबसेका कारण त्यो सम्भावना पनि सकियो । अब कसलाई कार्यकारी निर्देशक बनाइनेछ स्पष्ट भएको छैन ।

Must View