नागरिक पोष्ट News


Be Careful पाँच कम्पनीको ह्याण्ड सेनिटाइजरमाथि रोक, मानव स्वास्थ्यमा गम्भिर असर

2.2K

काठमाडाैं ।  औषधि व्यवस्था विभागले काठमाडौं उपत्यकाका ५ वटा कम्पनीले उत्पादन गरेको ह्याण्ड सेनिटाइजर प्रयोग नगर्न नगराउन आग्रह गरेको छ।

विभागले सूचना जारी गर्दै नेपाल कायाकल्प उद्योग (भक्तपुर)ले उत्पादन गरेको इन्स्ट्यान्ट ह्याण्ड सेनिटाइजर, हाइजेनिक सप एण्ड केमिकल प्रालि (काठमाडौं)ले उत्पादन गर्ने इन्स्ट्यान्ट ह्याण्ड सेनिटाइजर ओरिजिनल, आधर केमिकल एण्ड फूड इन्डस्ट्रीज (काठमाडौं)ले उत्पादन गर्ने एडभान्स हेन्ड सेनिटाइजर, सर्च केम कम हर्वल प्रोडक्टस (काठमाडौं)ले उत्पादन गर्ने इन्स्ट्यान्ट ह्याण्ड सेनिटाइजर रिफ्रेसिङ जेल र सूर्यमुखि हर्वल प्रोडक्टस (काठमाडौं)ले उत्पादन गर्ने सूर्यमुखि ह्याण्ड सेनिटाइजर प्रयोग नगर्न अनुरोध गरेको छ।

विभागले विभिन्न कम्पनीहरुको ह्याण्ड सेनिटाइजरको नमूना संकलन गरी ‘इन्स्ट्यान्ट ह्याण्ड सेनिटाइजर (अल्कोहल बेस्ड)सम्बन्धि स्तर २०७६’ विपरित विषाक्त रसायन ‘मिथानोल’ समावेस भएको पाइएको जनाएको छ।

विभागले उक्त रसायनले मानव स्वास्थ्यमा गम्भिर नकारात्मक असर गर्ने भएकाले सर्वसाधारणलाई प्रयोगन नगर्न नगारउन हुन अनुरोधका साथै उत्पादनमा समेत रोक लगाउन सूचित गरेको जनाएको छ।

Must View