नागरिक पोष्ट News


‘हस्तमैथुन’ को दृश्य आफ्नै मर्जीमा बलिउड अभिनेत्री स्वरा भास्करको जवाफ

2K

बलिउड अभिनेत्री स्वरा भास्करलाई एक पटक पुनः मानिसहरुले सोसल मिडियामा ट्रोल गरिरहेका छन् । हालै रिलिज भएको फिल्म ‘वीरे दी वेडिङ’ को एक दृश्यका कारण मानिसहरुले उनलाई निशाना बनाइरहेका छन् ।वास्तवमा, फिल्ममा स्वरा भास्करलाई एक दृश्यमा हस्तमैथुन गरिरहेको देखाइएको छ । उक्त दृश्यका कारण ट्वीटरमा आपत्तिजनक शब्दको पनि प्रयोग गरिएको छ ।फिल्ममा स्वराको भूमिकालाई केही मानिसहरुले भिन्न र महिला सशक्तिकरणसँग पनि जोडिरहेका छन् । स्वराले यसमा आपत्ति जनाएका मानिसहरुलाई ‘स्पोन्सर्ड’ को संज्ञा दिएकी छिन् । फिल्म वीरे दी वेडिङमा स्वराका साथै करिना कपुर, सोनम कपूर र शिखा तलसानिया पनि छन् । फिल्म चार महिलामा आधारित छ जो आफ्नो जीवन आफ्नै मर्जीले बाँच्न चाहन्छन् ।

Must View