कोरोनाबाट ९६ वर्षीया वृद्धा संक्रमित भएको थाहै नपाइ निको भइन्
1.8K
बुटवल । रूपन्देही सियारी गाउँपालिका–१ की ९६ वर्षीया एक वृद्धा आफू कोरोना संक्रमित भएको थाहै नपाई निको भएकी छन्। ती वृद्धालाई यही भदौ ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो। तर, परिवारका सदस्यले कोरोना लागेको छ भनेर जानकारी नै गराएनन्। ‘कोरोनाको बारेमा जानकारी दिएर भय सिर्जना गरेको भए हजुरआमाले चिन्ता लिन सक्नुहुन्थ्यो’, उनका एक नातिले भने।
पाँच जनाको परिवारमा तीन जना संक्रमित भए, अन्यलाई संक्रमण देखिएन। ‘त्यति धेरै आत्तिइहाल्नुपर्ने अवस्था रहेनछ। तर, सतर्क हुनुपर्छ ।
हजुरआमा निको भएपछि गाउँपालिकाका जनप्रतिनिधि घरमै आएर बधाई दिए। स्वास्थ्य मापदण्डअनुसार डिस्चार्जको प्रमाणपत्र थमाए। तर दोस्रो परीक्षण सरकारीस्तरबाट नभएपछि उनीहरूले निजी क्लिनिकबाट गराए। १७ दिनमा रिपोर्ट नेगेटिभ आयो।