नागरिक पोष्ट News


कुलमान घिसिङको कार्यकाल सकिँदै, यसरि गर्न खोजिदै छ आउट

1.7K

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल भदौ २९ गते सकिदैछ । तर मन्त्रालयले नयाँ कार्यकारी नियुक्ति गर्ने विषयमा कुनै निर्णय गरेको छैन । जसका कारण भदौ २९ गते पछि विद्युत प्राधिकरण नेतृत्वविहिन हुने भएको छ । समाचारहरुमा शुक्रवार कुलमानलाई नै पुन कार्यकारी निर्देशकमा नियुक्त गर्ने भन्दै लेखिएको थियो । तर ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले नै त्यसको खण्डन गरेको छ ।

मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले नै अहिले कुनै प्रकृया अगाडी नबढेको बताएका छन् । उनले अब प्रकृया सुरु हुने बताएका छन् । शुक्रवार बस्ने मन्त्रीपरिषद बैठकमा उर्जा मन्त्रीले कुलमानलाई नै पुन नियmुक्त गर्ने वारे प्रस्ताव लैजाने कुरा समाचारमा बाहिरिएको थियो । तर घिमिरेले अहिलेसम्म मन्त्रालयले कुनै खालको प्रस्ताव नगरेको बताएका छन् ।

मन्त्रिपरिषदको बैठक सोमबारमात्रै बस्ने तय भएका कारण पनि कार्यकारी निर्देशकको कार्यअवधी सकिनु अघि नयाँ नियुक्त नहुने भएको छ । बिहीबार बस्ने भनिएको बैठक स्थायी समिति बैठकको तयारीका लागि भन्दै प्रधानमन्त्रीले स्थगित गरेका कारण सोमवारका लागि सारिएको छ । सोमवारको बैठकमा पनि नियुक्तीको प्रस्ताव जाने सम्भावना देखिएको छैन ।

अहिलेसम्म मन्त्रालयले नयाँ कार्यकारी निर्देशक नियुक्ति गर्ने, कुलमानलाई निरन्तरता दिने वा निमित्तका रुपमा अरुलाई नै काम गर्न दिने भन्नेबारे प्रस्ताव नै तयार गरेको छैन । मन्त्रालयले नै प्रस्ताव नगरेका कारण कुलमान फेरी दोहोरिने सम्भावना पनि घट्दै गएको छ । उनको पदावधि सकिदा सम्म पनि मन्त्रालयले ढिलाई गर्नुमा कुलमान नदोहोरिने संकेतका रुपमा देखिएको हो ।

-Etajakhabar.com

Must View