नागरिक पोष्ट News


अस्पतालले भर्ना नलिदा ३० वर्षीया गर्भवती बिमला सहित शिशुको मृत्यु

1.9K

विराटनगर । प्रसुती गराउन सरकारी अस्पताल लगिएकी महिललाई अस्पतालले भर्ना नगरिदिएका कारण ज्यान गुमाउनु परेको छ । सुत्केरी ब्यथा लागेर विराटनगरको कोशी अस्पताल लगिएकी एक महिलालाई अस्पतालले भर्ना नलिएपछि घर फर्काइएकी ३० वर्षीयाको निधन भएको हे । अस्पतालको लापरवाहीका कारण विराटनगर महानगरपालिका–६ सुकुम्बासी टोलकी विमला ऋषिदेवको निधन भएको छ । उनी चौथो पटक सुत्केरी हुन लागेकी थिइन् ।

 सरकारी अस्पतालले भर्ना नलिएपछि नीजि अस्पताल लैजान पैसाको जोहो गर्दागर्दै सुत्केरीको निधन भएको हो ।

प्रसूति व्यथाले च्यापेपछि अन्तिम अवस्थामा उनलाई श्रीमान शिवु ऋषिदेवले बिहीबार बिहान १ बजेतिर अस्पताल लगेको भएपनि अस्पताललेबेड खाली नभएको भन्दै नीजि अस्पताल लैजान भनेको थियो । अस्पतालले भर्ना नलिएपछि घर फर्काएर नीजि अस्पताल लैजाने पैसाको जोहो गर्दा गर्भवतीको निधन भएको हो ।

बच्चा जन्माउन नसक्दा बिहीबार बिहान ४ बजेतिर महिलाको निधन भएको स्थानीय विकेश मुखियाले बताए । निधन पछि पनि शव अन्त्यष्टि गर्न समेत पैसा नभएपछि छिमेकी र जनप्रतिनिधिले सहयोग गरेका छन् । श्रीमानका अनुसार घर फर्काएर ल्याएको केही बेरमा उज्यालो हुन नपाइकन व्यथाले च्यापेर छटपटाउँदा छटपटाउँदै महिलाको निधन भएको हो । अस्पतालले प्रसूतिका लागि सहयोग नगर्दा महिला र बच्चा दुवैको ज्यान गुमेको छ ।

Must View