कीर्तिपुरमा घरभेटीवाट मारिए, जोरपाटीमा प्रहरीले नै कुटे (भिडियो हेर्नुस्)
काठमाडौं । काठमाडौंको कीर्तिपुरमा घरबेटीको कु’टा’इबाट भाडामा बस्ने एक व्यक्तिको निधन भएको छ । कीर्तिपुर नगरपालिका– ७ मा घरबेटी प्रेमलाल महर्जनको कु’टा’इवाट घरभाडामा बस्नेको निधन भएको हो । उनले काठको भाटाले हा’ने’का थिए । उनको कु’टा’इवाट भाडामा बस्ने ४० वर्षका शम्भु चौधरीको निधन भएको महानगरीय प्रहरी प्रभाग कीर्तिपुरका डीएसपी रुकेश तन्डुकारले जानकारी दिए ।
उनका अनुसार शुक्रबार विहान सामान्य विवादमा घरबेटी महर्जनले चौधरीमाथि कु’टे’का थिए । कु’टा’इवाट घाइते चौधरीको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । प्रहरीले घरबेटी महर्जनलाई पक्राउ गरेको छ ।
यता सिन्धुपाल्चोकका एक युवकलाई पनि प्रहरीले आफ्नो घरमा भाडामा बस्नेलाई कु’टे’का छन् । सिन्धुपाल्चोकका खाडीचौरका विक्रम तामाङलाइ काठमाडौंको जोरपाटी स्थित नेपाल प्रहरीको सामाखुसी चौकीमा कार्यरत प्रहरी नायब निरीक्षक प्रकाश कार्कीले कु’टे’का हुन् । लामो समयको लकडाउनका कारण काम नभएर खान समेत नपाएका उनी विहान साँझ आफ्नो दिदीकोमा खाना खान जाने गरेका थिए ।
लकडाउन र निषेधाज्ञाले रोजगारी गुमाए पनि उनी आम्दानी भएपछि तिर्छु भनेर भन्दा पनि प्रहरीले मानेनन् । डेरामा तामाङ र उनका दाइ बस्थे । लकडाउनले दुवैको रोजगारी खोसिएपछि उनीहरु बेखर्ची भएका हुन् । कामधन्दा केही नभएपछि दुवै जना घर फर्किए । लकडाउन खुलेपछि कमाएर भाडा तिर्ने गरी तामाङ काठमाडौं फर्केका थिए तर फेरी निषेधाज्ञा भएपछि उनको काम सुरु भएन ।