नागरिक पोष्ट News


उपत्यकामा एकै दिन ६९६ जनामा कोरोना संक्रमण

1.6K

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६९६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ६२० जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै ललितपुरमा ३८ र भक्तपुरमा ३८ जनामा संक्रमण पुष्टि भएको छ ।

 पछिल्लो २४ घण्टामा १४५४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ७०१ नमुना परीक्षण गर्दा ४६३ महिला र ९९१ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

Must View