काठमाडौ उपत्यकामा एकैदिन अहिलेसम्मकै धेरै संख्यामा ५७२ जनालाई कोरोना संक्रमण, ३ जनाको मृत्यु
2.5K
काठमाडौं । काठमाडौं उपत्यकाका ५७२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ४९५ जना संक्रमित थपिएका छन् । यस्तै ललितपुरका ४३ र भक्तपुरका ३४ जनामा कोरोना संक्रमित थपिएका छन् ।
काठमाडौंका ५५ वर्षीया महिला तथा ५९ र ८३ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।