नागरिक पोष्ट News


एसिड पीडित मुस्कान खातुन सहित १२ जनाले प्रधानमन्त्रीलाई भेटे, नेपालमा एसिडको विक्रिवितरण रोक्न माग

2.3K

एसिड पीडित मुस्कान खातुनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा भेटेकी थिइन् ।  उनले नेपालमा ए’सि’ड’को विक्रिवितरण रोक्न प्रधानमन्त्रीसंग माग राखेकी थिइन् । त्यस्तै आफुलाई यस्तो अवस्था बनाउने ब्यक्तिहरु किन छु’टे भन्दै प्रश्न राखेकी थिइन् । प्रधानमन्त्री केपी शर्मा ओलीले खातुन जस्तै १२ जनालाई बालुवाटारमा भेटेका छन् ।

उनीहरुसंगको भेटमा प्रधानमन्त्री ओलीले त्यस्ता ब्यक्तिलाई कारबाही गर्न अध्यादेशमार्फत तत्काल नयाँ कानुन ल्याउने बताएका छन् । १२ जनालाई भेटेपछि प्रधानमन्त्री ओलीले १५ दिनभित्र कानुन मस्यौदा गरिसक्न कानून, न्‍याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फे र सवद्ध निकायलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीसंगको भेटमा गृहमन्त्री, कानुनमन्त्री, गृह, अर्थ र शिक्षा मन्त्रालयका सचिव, महान्यायाधिवक्ता र प्रहरी महानिरीक्षकसमेत सहभागी थिए ।

उनले ए’सि’ड आ’क्र’म’णमा संलग्नको सम्पत्ति रोक्का गरी त्यसैबाट उपचार खर्च र क्षतिपूर्ति भराउने, भरणपोषण गर्ने, पी’डि’तलाई छिटो अस्पताल लगेर उपचार गर्न सबैले सघाउनुपर्ने व्यवस्था कानुनमा गर्ने बताए ।

प्रधानमन्त्री ओलीले वीर र शिक्षण अस्पतालमा उपचारको प्रबन्ध मिलाउने र लाग्ने सबै खर्च सरकारले ब्यहोर्ने, नियमित प्रयोग गर्नुपर्ने औषधिको खर्चसमेत सरकारले गर्ने घोषणा गरेका प्रेस सल्लाहकार थापाले बताएका छन् ।

Must View