नागरिक पोष्ट News


असोज १ देखि सबै प्रकारको सार्वजनिक सवारीसाधन चलाउने निर्णय

1.9K

काठमाडौं, २५ भदौ । यातायात व्यवसायीले असोज १ गतेदेखि सबै प्रकारका सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने घोषणा गरेका छन् । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघ र तीनओटा मजदूर संगठनले बुधवार असोज १ गतेदेखि लामो तथा छोटो दुवै दूरीका सार्वजनिक यातायात चलाउने निर्णय गरेका छन् ।

सरकारले भदौ ३ गतेदेखि काठमाडौं उपत्यकामा लगाएको निषेधाज्ञा र अन्य जिल्लाहरूमा लकडाउन तथा निषेधाज्ञाले सार्वजनिक सवारीसाधन चल्न सकेका थिएनन् । फेरि पनि निषेधाज्ञा गरिए आपैmसार्वजनिक यातायात सञ्चालन गर्ने चेतावनी सम्बद्ध व्यवसायीले दिएका छन् । सरकारले बनाएको मापदण्डअनुसार सिट क्षमताभन्दा आधा यात्रु राखेर सुरक्षाका मापदण्ड अपनाएर यातायात सञ्चालन गरिने नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले बताएको छ ।

महासंघका अनुसार नेपालमा ३ लाख यात्रुवाहक र ६० हजारभन्दा बढी मालवाहक सार्वजनिक सवारीसाधन छन् । यस क्षेत्रमा १० लाखले प्रत्यक्ष रोजगारी पाएका छन् भने ६ लाख चालक÷सहचालक रहेका छन् ।

Must View